बोत्सवानाको कारोव खानीमा १६६ क्यारेटको हिरा भेटियो


हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमण्डले बोत्स्वानाको कारोव खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ ।
क्यानाडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज हो।

कम्पनीले सन् २०१२ मा खानी अन्वेषण शुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८ औँ बहुमूल्य रत्न हो।

लुकारा डायमण्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर-मध्य बोत्सवानामा रहेको कारोवे डायमण्ड माइनको एकल प्रभुत्वको कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार  ०८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।