नेपाली बजारमा छापावाला सुनको भाउ वृद्धि भएको छ । छापावाला सुनको भाउ चार दिनमा १२ सयले घटेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन बिहीबार प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ३४ दशमलव ४६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया