लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित


लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ । बैंकको पौष २६ गते बसेको २३ औं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९\८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९\८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले शरमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।