साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ वृद्धि भएको छ । छापावाला सुनको भाउ ६०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन शुक्रबार प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार १ हजार १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ४८ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया