नेपाल ब्रोडकास्टीङ्ग च्यानलको साधारण सभा सर्यो


नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । यसअघि माघ ७ गते सभा बोलाएको कम्पनीले पुन सुचना जारी गर्दै २ हप्ता पछि सरेको जानकारी दिएको हो । सभा माघ २१ गते आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाण्डौंमा बिहान १० बजेदेखि सुरु हुने छ ।

सभाले कम्पनीको साधारण शेयरहरु सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा पनि छलफल गर्ने छ ।

यस्तै, सभाले कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा पनि छलफल गर्ने छ ।

यसैगरी, २०८० आसाढ मसान्त सम्मको वित्तीय विवरणहरु, सोही अवधिको वित्तीय विवरणसँग सम्बद्ध अनूसुचीहरु छलफल गरी पारित गर्ने, आ.व. २०८० \ ०८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।