माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री बनेको छ । ड्युले गेल्जे शेर्पाको सपना बनेको नेपालको ८,१८८ मिटर अग्लो हिमाल चो यु आरोहणलाई समर्थन दिने प्रतिबद्धता जनाएको हो ।
माउण्टेन ड्युले नेपालबाट माउण्टेन चो यु आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको छ ।
गेल्जेले नयाँ उचाईहरु माथि जित हासिल गर्ने र नेपालका शेर्पाहरुलाई पहिचान दिलाउने लक्ष्य राखेका छन् । उनको यो लक्ष्यमा माउण्टेन ड्यु एक भरपर्दो सहयोगीको रुपमा उभिएर आकाँक्षाहरुलाई उल्लेखनीय उपलब्धिमा रुपान्तरण गर्न उनलाई साथ दिने तथा शक्ति, सामर्थ र बहादुरीको पर्याय नेपाली शेर्पा समुदायलाई अझ फैलाउनमा मद्दत गर्न अग्रसर भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया