हिमालयन लाईफको व्यतित बीमालेख नवीकरणमा छुट

0
Shares

हिमालयन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा बिलम्ब शुल्कमा छुट दिने जनाएको हो ।

कम्पनीले ३ वर्षसम्म व्यतित अवधि भएको बीमालेख नवीकरण गर्दा बिलम्ब शुल्कमा शत प्रतिशत छुट दिने जनाएको छ । त्यसैगरी, ३ देखि ५ वर्षसम्म व्यतित रहेको बीमालेख नविकरण गर्दा ५० प्रतिशत छुट दिनेछ । यसैगरी, ५ देखि ७ वर्षसम्म व्यतित रहेको बीमालेख नवीकरण गर्दा ३५ र ७ वर्ष भन्दा बढी अवधि व्यतित रहेको बीमालेख नविकरण गर्दा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्तो छुट अफर कम्पनीले माघ २५ गतेसम्म लागू हुनेछ ।

उक्त छुट पाउन कम्पनीले विभन्न सर्तहरु पनि अघि सारेको छ । कम्पनीको शर्त अनुसार यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइने छ । त्यसैगरी, उक्त छुट सुविधा प्रयोग गरि नविकरण गरेको बीमालेख २ वर्षभित्र सरेण्डर गरेको खण्डमा नविकरणको गर्दाको छुट रकम कट्टा गर्ने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीको कुनैपनि शाखा र उपशाखामामा गएर व्यतित बीमालेख नवीकरण गर्न सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।