स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ११ करोड लाभांस बितरण गर्न सक्ने


स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुआर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७३ करोड ४४ लाख रुपैंया खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

गतआर्थिक वर्षको तेस्रो त्रैमासमामात्र ४८ करोड १२ लाख रुपैंया खुदनाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमामात्र ५८ करोड ९१ लख रुपैंया खुद नाफा कमाएको हो । बैंकले १ अर्ब १० करोड रुपैंया बितरण योग्य नाफा कमाएको छ ।

आठ अर्ब १ करोड रुपैंया चुक्तापूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २८ रुपैंया ८७ पैसा छ । जगेडा कोषमा ४ अर्ब ५१ करोड रुपैंया राखेको बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैंया १ पैसा छ । बैंकको निष्कृय कर्जा अनुपात ०.२० प्रतिशत रहेको बैंकको मूल्य आम्दानी अनुपात २०.४७ गूणाले बढी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।