सूर्यज्योति लाइफले लाभांश नदिने, मुनाफालाई जगेडामा सञ्चित राख्ने निर्णय

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८० बाट लाभांश नदिने भएको छ । फागुन १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको ३६९ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

बैठकले २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको छ ।

सूर्यज्योति लाइफले आर्थिक वर्ष २०७९–८० मर्जर हुनु अगाडिको (साविक ज्योती लाइफ) ९ महिना ६ दिनको मुनाफालाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको हो । साथै साविक ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय भएको कम्पनी सचिव भरत केसीले जानकारी दिए ।

साविक ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सबीच मर्जर भई २०७९ पुस ७ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो । मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सञ्चालनमा आएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।