प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई

0
Shares

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।  कम्पनीका सीईओ रमेश कुमार भट्टराईले राजीनामा दिएर बाहिरिएपछि सञ्चालकसमितिको बैठकले रिक्त भएको पदमा प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको फागुन १८ गते शुक्रबार सम्पन्न भएको बैठकले प्रसाईलाई आगामी चार बर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणमा समेत काम गरिसकेका प्रसाईले नेपाल लाइफ इन्स्योरेन्स र साविक प्रभु लाइफ इन्स्योरेन्समा सीईओको कार्यभार निर्वाह गरिसकेका छन् ।

प्रसाईंले बीमा क्षेत्रमा आफ्नो करिअरको सुरुवात तत्कालीन बीमा समितिमा ७ वर्ष काम गरेका थिए । त्यहाँबाट नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका प्रसाईंले ४ वर्ष बढी त्यहाँ काम गरेपछि ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । मर्जरपछिको संस्थामा शिक्षा भट्टचन अध्यक्ष छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ