हिमालयन रि इन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभाबाट लाभांश वितरण गर्ने र नियामकले तोकेको पुँजी कायम गर्न हकप्रद जारी गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन भएको छ ।
राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौँमा आइतबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पुँजीको ४ प्रतिशतका दरले (४० करोड रुपैयाँ) बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दरले (२ करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ ५८ पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुकक्लोज गरेको थियो । यस आधारमा फागुन ६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यस्तै सभाले नियामक बीमा प्राधिकरणले तोकेको न्यूनतम २० अर्ब पुँजी कायम गर्न बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित अनुमोदन गरेको छ ।
त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लगायतका हरु हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया