राष्ट्रिय जीवन बीमा कम्पनीले डाक्यो साधारण सभा, के–के छन् एजेन्डा ?

0
Shares

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साबिक बीम संस्थान) ले एकै पटक तीन आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १४ गते साधारण सभा आह्वान गरेको हो।

कम्पनीले आगामी वैशाख १४ गते काठमाडौं रामशाहपथमा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजे उक्त सभा आयोजना हुने जनाएको छ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको साबिकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९–७०, २०७०–७१ र २०७१– ७२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू माथि छलफल गरी पारित गरिनेछ।

यस्तै सभामा आर्थिक वर्ष २०७६–७७, २०७७—७८ र २०७८—७९ को लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजयसिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।