एनआईबिएल एस क्यापिटलको निशुल्क डिम्याट खाता अफर


शेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि एनआईबिएल एस क्यापिटलले निशुल्क हितग्राही खाता खोल्ने अवसर प्रदान गर्ने भएको छ ।

सरकारले सुरु गरेको एक नेपाली एक डिम्याट खाता अभियानलाई सहयोग गर्ने उदेश्यका साथ क्यापिटलले निशुल्क डिम्याट खाता खुला गर्ने अभियान चलाई रहेको छ ।

निशुल्क हितग्राही खाता खोल्ने अभियान सीमित अवधिका लागि मात्र लागू हुने क्यापिटलले जनाएको छ ।

डिम्याट खाता खोल्न चाहने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट र यसको सबै शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्ने क्यापिटलले जनाएको छ ।

हितग्राही खाता सञ्चालनको वार्षिक शुल्क भुक्तानीका लागि क्यापिटलले खल्ती मोवाइल वालेटसँग सहकार्य गरेको छ । योसँगै खल्ती वालेटबाट समेत डिम्याट खाताको वार्षिक शुल्क भुक्तानी गर्नसक्ने व्यवस्था भएको छ ।

मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमध्येमा एनआईबिएल एस क्यापिटल सबैभन्दा धेरै डिम्याट खाता खोल्ने सफल कम्पनी हो ।