सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस प्रस्ताव


सगमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ ८६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ८६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब गरेको हो ।

कम्पनीको हालको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँको ८६ प्रतिशत अर्थात ४६ करोड २९ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस शेयरमा लाग्ने कर भने सम्बन्धीत शेयरधनीहरुबाट व्योहोर्नुपर्ने इन्स्योरेन्सले जनाइएको छ ।इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार एक अर्ब १२ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिले चालु आर्थिक वर्ष भित्रै साधारण सभा गरेर न्युृनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपछि इन्स्योरेन्स कम्पनीहरुले पूँजी बृद्धिको प्रकृया अगाडी बढाएको हो । चुक्ता पूँजी पुर्याउन नसकिने इन्स्योरेन्सहरुको लागि मर्जर निर्देशिका पनि जारी गरिसकेको छ ।