लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा डाकेको हो।

इन्स्योरेन्सले २३ औँ र २४ औँ वार्षिक साधारण सभाअसार १८ गते, मंगलबार, होटल भिष्वा, वीरगञ्ज, पर्सामा बोलाएको छ। उक्त सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असार ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।