एभरेष्ट इन्स्योरेन्सले जेठ १४ देखि ३०० प्रतिशत हकप्रद बेच्ने


एभरेष्ट इन्स्योरेन्सले आगामी जेठ १४ गतेदेखि ३ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सो हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ । एभरेष्ट इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको हकप्रदमा सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, एभरेष्ट इन्स्योरेन्स हात्तिसार तथा सम्पूर्ण शाखा कार्यालयहरु, मेरो शेयर तथा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिनेछ । हकप्रदमा आवेदन दिने अन्तिम दिन असार १६ गते रहेको छ ।