श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर परीक्षण उडान सम्पन्न, नियमित उडान गर्ने तयारी


श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर परीक्षण उडान सम्पन्न भएको छ। श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परिक्षण उडान सम्पन्न भएको हो ।

भरतपुर विमानस्थलमा क्यानाडा निर्मित अत्याधुनिक क्यु ४०० ड्यास ८ विमानबाट आज पहिलोपटक परिक्षण उडान सम्पन्न गरिएको एयरलाइन्सले जनाएको छ।

क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कमध्वनी अनुभूति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्लू१५०ए इन्जिन जडित भएको विमान हो।

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा सिआरजे ७०० जेट विमानहरूबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरि छोटो समयमा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता प्राप्त गरेको एयरलाइन्सले जनाएको छ।

सिआरजे २००र७०० तथा क्यु ४०० ड्यास ८ विमानहरूबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरूमा र पर्वतीय उडानहरू निर्यामत रुपमा हवाई सेवा सञ्चालन गरिरहेको छ। श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईखभाडा घट्ने विश्वास लिइएको छ । परीक्षण उडानपश्चात नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपछि नियमित उडानहरू सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।