कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ४ हजार ८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।

संस्थापक सेयरधनीहरुबाट आजदेखि ३५ दिनभित्र आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुल आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौंमा के कति सेयर खरिद गर्ने हो सो को व्यहोरा खुलाई निवेदन दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।