सूर्यज्योति लाइफको बोनस सेयर हितग्राही खातामा जम्मा

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर वितरण भएको छ। कम्पनीले सम्बन्धित सेयरधनीको हितग्राही खातामा बोनस बोनस सेयर जम्मा गरेको हो ।

कम्पनीको बैशाख २१ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर पारित भएको थियो । सोही बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले धितोपत्र दोस्रो बजारमा असार १६ गते बोनस सेयर बापतको सेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । वैशाख ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् ।

वैशाख ६ गतेसम्म सेयर धितो बन्धक राखि कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

साथै, बोनस सेयर हितग्राही खाता मानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीले एक सूचनामार्फत आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।