अण्डाको मूल्य बढ्यो, ठूलो अण्डालाई प्रतिक्रेट ५३० रुपैयाँ पर्ने


नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।