रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, बिहीबार कतिमा हुँदैछ कारोबार ?


सुनको भाउ रेकड बिन्दुबाट घटेको छ । सुनको मूल्यले असार ३१ गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको थियोे ।

असार ३० गते प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ असार ३१ गते १ लाख ४६ हजार ९०० रुपैयाा पुगेर रेकर्ड कायम गरेको थियो ।

त्यसको भोलिपल्ट साउन १ गते पुनः ९०० रुपैयाँ बढेर १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ साउन २ गते अर्थात बुधबार २००० रुपैयाँ बढेसँगै अर्को नयाँ रेकर्ड बनाएको थियो । आज भने सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

ब्यूरो अफ लेबर स्टाटिस्टिक्सको पछिल्लो कन्जुमर प्राइस इन्डेक्स (सीपीआई) प्रतिवेदनले जुन महिनामा मुद्रास्फीतिको दबाबमा उल्लेखनीय गिरावट आएकोले त्यसको प्रभाव सुन बजारमा पर्न गई सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्।

यस्तै, बिहीबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ४६७ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।