एशियन लाइफको हकप्रद भर्ने आज अन्तिम दिन


एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी वृद्धिका लागि कायम रहेका सेयरधनीलाइ निष्कासन गरेको ६० प्रतिशत हकप्रद भर्ने आव अन्तिम दिन हो । 

कम्पनीले चैत २५ गते सोमबारदेखि चुक्ता पूँजीको ६० प्रतिशतले ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रद प्रयोजनको लागि फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको कम्पनीको हकप्रद सेयरमा फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको केन्द्रीय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट यसमा आवेदन दिन सकिन्छ ।

यसैगरि एशियन लाईफ इन्स्योरेन्सको कार्यालयहरु, तथा सि आश्वा प्रणाली प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि हकप्रद भर्न सकिने व्यवस्था छ । आइतबार कार्यालय समयभित्र हकप्रद भरिसक्नु पर्नेछ ।

हाल एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ ।