एचआईडिसिएलको ब्याज आम्दानी मात्रै एक अर्ब १५ करोड, ८३ करोड ६६ लाख खुद नाफा आर्जन

0
Shares

हाईड्रोइलोक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा १४ अर्ब १५ करोड टम डिपोजिट गरेको कम्पनीले एक अर्ब १५ करोड २१ लाख रुपैयाँ त ब्याजबाटै आम्दानी गरेको छ।

ब्याजबाटै आम्दानीमा सुधार भएसँर्ग एचआईडिसिएलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कर अघि एक अर्ब १९ करोड आम्दानी गरेको छ भने ८३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

गत वर्षको तेस्रो त्रैमासमा ६२ करोड ५५ लाख खुद नाफा कमाएको कम्पनीको खुद नाफा गत आवको यसै अवधिको तुलनामा  २१ करोड १० लाख रुपैयाँ अर्थात ३३.७४ प्रतिशतले धेरै हो।

एचआईडिसिएलले जलविद्युत आयोजनाहरुमा ६४ प्रतिशतले लगानी बढाएको छ। गत आवको चैत मसान्तमा आयोजनाहरुमा २१ करोड २२ लाख ५० हजार लगानी रहेकोमा चालु आवको यसै अवधिमा १३ करोड ६८ लाख लगानी बढाएर ३४ करोड ९० लाख ५० हजार पुर्याएको हो। 

कम्पनीको २५ करोड ५० लाख सहायक कम्पनीहरुमा लगानी छ । यसैगरि कम्पनीले ८ करोड बण्डमा लगानी गरेको छ भने एक अर्ब ९६ करोड रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा प्रवाह गरेको छ । गत आवको यसै अवधिमा एक अर्ब २६ करोड ऋण लगानी थियो। यसैगरि कम्पनीले एक अर्ब बढी रकम छोटो अवधिमा ब्याज सहित फिर्ता हुनेगरि लगानी गरेको छ। एचआईडिसीएलको ४७ करोड ५७ लाख रुपैयाँ बैंक मौज्दातमा बचत गरेको छ । 

विभिन्न आयोजनाहरुबाट कम्पनीले १३ करोड ८३ लाख रेभेन्यू संकलन गरेको छ भने एक करोड ७ लाख ७३ हजार रुपैयाँ लाभांश आम्दानी र ५२ हजार अन्य आम्दानी गरेको छ ।

गत आवको नाफाबाट १० प्रतिशत बोनस वितरण गरेर कम्पनीले चुक्ता पूँजी ११ अर्ब रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १४ पैसा रहेको छ । 

सरकारबाट हकप्रद शेयर निष्काशनका लागि पाँच अर्ब अग्रिम भुक्तानी लिएको कम्पनीको इपिएस सो रकमलाई समेत आधार लिने हो भने ६  रुपैयाँ ९७ पैसा मनय हुन्छ । कम्पनीको  प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात १३.७१ गुणा छ।