पोखरा चेम्बर र इण्डिया इम्पोर्टर्स चेम्बर अफ कमर्शबीच समझदारी

0
Shares

चिप्लेढुङ्गा :  पोखरा चेम्बर अफ कमर्श कास्की र इण्डिया इम्पोर्टर्स चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजबीच अर्थतन्त्र र व्यवसाय प्रवद्र्धन सम्बन्धमा समझदारी भएको छ ।

पोखरा चेम्बरका तर्फबाट अध्यक्ष किसान सुनार र इण्डिया चेम्बरका तर्फबाट अध्यक्ष ऐके सक्सेनाले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

दुई देश बीचसमसामयिक आपसी समन्वय र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा १० बँुदामा समझदारी भएको पोखरा चेम्बरका अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

स्थापनाकालको छोटो समयमा नै पोखरा चेम्बरले अन्तरराष्ट्रियस्तरको समन्वय अभिवृद्धि गर्न सफल भएको सुनारले जिकिर गर्नुभयो । नेपाल र भारतबीच व्यापारिक सङ्संस्थासँग बलियो सम्बन्ध स्थापना भएमा पोखराका व्यापारिक सङ्घसंस्थाले सो समझदारीपत्रबाट लाभ लिन सक्ने उहाँको भनाइ थियो ।

समझदारीबाट व्यापारिक मात्र नभई सामाजिक र सांस्कृतिक रुपमा समेत जोडिएर अन्तरराष्ट्रियस्तरमा दुवै देशले आफ्नो पहिचान बनाउन सफल हुने इण्डिया कमर्शका अध्यक्ष सक्सेनाले बताउनुभयो ।