सार्वजनिक क्वारेन्टाइनस्थलको मापदण्ड बनाउन पर्यटनमन्त्रीको निर्देशन


संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सार्वजनिक क्वारन्टाइनस्थल सम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले आइतबार साँझसम्ममा सार्वजनिक क्वारेन्टाइनस्थलको मापदण्ड तयार गर्नका लागि निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ४ वटै सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलत टोलीले यस सम्बन्धमा आवश्यक गृहकार्य गर्ने बताइएको छ ।

टोलीले प्रतिवेदन तयार बनाएपछि त्यसका लागि आवश्यक स्रोतका आधारमा बजेट व्यवस्थापनका लागि प्रतिवेदन पेश गर्ने बताइएको छ ।