कोरोना विरुद्ध खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता


पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरसको संक्रमण न्युनिकरणमा खटिएका कर्मचारीलाइ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणमा जोखिम मोलेर खटिएका कर्मचारीको मनोबल बढाउनका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्णय अनुसार यसरी खटिएका कर्मचारीले तलव स्केलको २० प्रतिशत प्रोत्साहन रकम पाउने छन् ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाको १ नम्बर वठामा रहेको ग्राम्य माविमा २० शैइयाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

निस्दी गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।