महालक्ष्मी लाईफ र सीईओ भट्टराईद्धारा कोरोना उपचार कोषमा रकम जम्मा

0
Shares

नेपालमा सञ्चालनमा आएको सबैभन्दा कान्छो जीबन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स र सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा सहयोग जम्मा गरेका छन्।

इन्स्योरेन्सले राष्ट्रिय बाणिज्य बैंकमा सरकारले स्थापना गरेको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा यसअघि प्रतिबद्धता अनुरुपको रकम सिद्धार्थ बैंक मार्फत जम्मा गरिएको हो।

महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट ७ लाख ५० हजार र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आफ्नो मासिक प्राप्त हुने २ महिनाको तलब बराबर ५ लाख ८४ हजार चौरासी हजार रुपैयाँ जम्मा गरिएको छ। 

विश्वपव्यापी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसको बिरामी नेपालमा पनि देखा परिसकेको र नेपालमा साधन श्रोतको अभावमा नेपाली नागरिक रोगले आक्रान्त हुन र मृत्युको मुखमा नपुग्न भनि सरकारले भरमुग्दुर कोशिश गरिरहेकोमा कम्पनीले पनि आफ्नो तर्फबाट सहयोग गरेको हो।

सरकारको सो प्रयासमा सहयोग गर्ने उद्धेश्यले जीवन वीमक संघ नेपालबाट सबै जीबन बीमा कम्पनीको तर्फबाट सहयोग गर्ने निर्णय यसअघि भएको थियो।