बैंकिङ प्रणालीमा निक्षेप वढ्न थाल्यो, जेठको पहिलो सातामा १२ अर्व निक्षेप थपियो


चालु आर्थिक वर्षको अन्ते नजिकिदै गएपछि बैंकहरुमा निक्षेप वढ्न थालेको छ । आर्थिक वर्षको अन्तेमा सरकारी खर्च वढ्न थालेपछि बैंकहरुमा निक्षेप थपिन थालेको हो ।

स्रोत अभावको समस्या झेलिरहेको बैंकिङ प्रणालीमा बैंशाखको अन्तिम सातामात्र १२ अर्व रुपैयाँ निक्षेप थपिएको थिया भने जेठको पहिलो साता पनि त्यतीनै निक्षेप वढेको छ । जेठको अन्तिम सातामा बैंकहरुले ४ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका थिए भने जेठको पहिलो सातामा ५ अर्व रुपैयाँ मात्र ऋण प्रबाह गरेका छन् ।

बैंशाखको सुवातीमा बैंकिङ प्रणालीवाट निक्षेप बाहिर गएको भएपनि अन्तिम सातामा बैंकिङ प्रणालीमा फर्केको थियो । निक्षेप बैंकिङ प्रणालीमा आने क्रम जेठको पहिलो सातापनि उत्तिककै मात्रा रहेने देखिएको छ ।

बैंशाख दोस्रो साता ७ अर्व रुपैयाँ निक्षेप झिकिएको थियोे । त्यसैगरी तेस्रो सातामा एक अर्व निक्षेप वढेको थियो । गत चैत अन्तिम देखि बैंकहरुको निक्षेप घट्न थालेको भएपनि बैंशाखको अन्तिम देखि पुन वढ्न थालेको हो । बैंकहरुले आर्थिक वर्ष समाप्तीको अन्तिम त्रैमास भएको हुनाले पनि कर्जामा धेरै केन्द्रीत नभएका हुन । अहिले पनि अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ७९ रहेको छ ।

चालु आर्थिक वर्षको चौथो त्रैमासमा सरकारी खर्च पनि वढ्ने भएकाले आगामी दिनमा बैंकहरुमा निक्षेप वढ्न जान्छ । तर, बैंकहरुले छोटो अवधीका लागि कर्जा लगानी भने विस्तार गर्दैनन । गत आर्थिक वर्षमा जस्तै अहिले पनि आर्थिक वर्षको अन्तेमा मात्र बैंकिङ प्रणालीमा निक्षेप थपिने देखिएको छ । यसले आगामी दिनमा पनि बैंकहरुलाइ सन्तुलित भएर लगानी गर्नु पर्ने देखिन्छ ।

बैंकहरुको अनुरोध अनरुप सरकारले खर्च नगरेपनि स्थानीय सरकारलाई विनियोजन गरेको रकम बैंक खातामा पठाउने निर्णय भएपछि त्यसले केही सहज भने भयो । तर, त्यो दिर्घककालीन समाधान भने भएन । अहिलेको सरकारी धुकुटीमा १४५ अर्ब जम्मा भएर बसेको छ ।.

सरकारी धुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको नभएको बैंकर बताउछन् । उच्च दरमा वढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरुले भद्र सहमती गरेर निश्चित सिमा तोकेका छन् । तर, चालु आर्थिक वर्षको चौथो त्रैमास सुरु भएसंगै बैंकहरले आधार ब्याजदर पनि घटाएका छन । जस्ले गर्दा ऋणको ब्याजदर पनि समान्य घटेको छ । चालु आर्थिक वर्षको जेठ ३ गतेसम्ममा बैंकहरुले कुल २७०२२ अर्ब निक्षेप संकलन गरी २४५२ अर्व रुपैयाँ कर्जा प्रबाह गरेका छन ।