सन् नेपाल लाइफ इन्स्योरेन्सको कोरोना कोषमा ३० लाख सहयोग

0
Shares

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३० लाख १ हजार रुपैयाँ सहयोग राशी योगदान गरेको छ ।

इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट ११ लाख सहयोग गरिएको हो।

उक्त सहयोग रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमल राज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरबारमा चैत ३० गते हस्तान्तरण गरिएको हो।

यसबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।