नेपाल बङ्गलादेश बैंकले ऋणपत्रमा लगानी गर्दा १०.२५ प्रतिशत ब्याज पाइने


नेपाल बङ्गलादेश बैंकले लगानीकर्तालागि बार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले शुक्रबारदेखि “एनबिबि डिबेञ्चर २०८५” को निष्काशन तथा बिक्री खुला गरेको हो ।

प्रति कित्ता एक हजार रुपैयाँका दरले २० लाख कित्ता ऋणपत्रको कुल २ अर्व मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ८ लाख ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।
ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था रतिनको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

ऋणपत्र न्युनतम २५ कित्ता देखि अधिकत्तम एक लाख कित्ता सम्म आबेदन गर्न सकिने व्यवस्था छ। ऋणपत्र छिटोमा जेठ १४ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरे असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत हरेक वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न लगाउने नीति अख्तियार गरेको थियो । सोही नीति अनुरुप वाणिज्य बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका हुन् ।