प्राथमिकता प्राप्त क्षेत्रमा ४ खर्ब १७ अर्व कर्जा प्रबाह, उर्जा र पर्यटन क्षेत्रमा १५ प्रतिशत पुग्ने सम्भावना न्युन


बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ प्राथमीकता प्राप्त क्षेत्रमा कर्जा प्रबाह गरेका छन । यो कर्जा रकम बैंकहरुको कुल कर्जाको १७ प्रतिशत हो ।

तर, नेपाल राष्ट्र बैंकले बैंकहरुलाइ कुल कर्जाको कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत र उर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार २०७५ चैत मसान्तसम्ममा यी क्षेत्रहरुमा कुल ४१७ अर्ब ८६ करोड कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम सोही अवधिमा वाणिज्य बैंकबाट प्रवाह भएको कुल कर्जाको १७.१ प्रतिशत हो ।

बैंकहरुले चालु आर्थिक वर्षको चौथो त्रैमासमा बाँकी रहेको सात प्रतिशत कर्जा प्रबाह गर्नु पर्छ । राष्ट्र बैंकले आर्थिक वर्ष समाप्तीसम्मा बैंकहरुले तोकिएको सीमा अनुसारको कर्जा प्रबाह गर्नु पर्ने व्यवस्था छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुले कृषि क्षेत्रमा कुल कर्जाको ९ प्रतिशत कर्जा प्रबाह गरेका छन । बैंकहरुलाइ केन्द्रीय बैंकले कृषि क्षेत्रमा कुल कर्जाको १० प्रतिशत हुनु पर्ने भनेको हो । चालु आर्थिक वर्षको अन्तेसम्ममा कृषि क्षेत्रमा प्रबाह गर्नु पर्ने कर्जाको सीमा बैंकहरुले हासील गर्ने देखिन्छ ।

तर, बैंकहरुले चालु आवको चैतसम्ममा पर्यटन क्षेत्रमा कुल कर्जाको ८ प्रतिशत मात्र कर्जा प्रबाह गरेका छन । केन्द्रीय बैंकले उर्जा तथा पर्यटन क्षत्रेमा कुल कर्जाको १५ प्रतिशत कर्जा प्रबाह गर्नु पर्ने व्यस्था गरेको छ । चालु आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरुले बाँकी ७ प्रतिशत कर्जा प्रबाह गरेर केन्द्रीय बैंकको दिएको लक्ष्य हासील गर्न चुनौतिपुर्ण देखिन्छ ।