बुधबार थप २ जना अस्पतालबाट डिस्चार्ज, साँझसम्म थप एकको डिस्चार्ज हुने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २ जना अस्पतालबाट निको भएर घर फर्किएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा दिइएको जानकारी अुसार सेती अञ्चल अस्पतालबाट २९ दिनको उपचार पछि एक जना र १९ दिनको उपचार पछि अर्का एक जना डिस्चार्ज भएका छन् ।

त्यसै गरि बुधबार नै काठमाण्डौंको टेकु अस्पतालबाट थप एक जना निको भएर डिस्चार्ज हुने बताइएको छ ।

बुधबार दिउँसोसम्ममा डिस्चार्ज हुनेको संख्या ७ पुगेकोमा साँझसम्ममा डिस्चार्ज भएर घर फर्किनेको कुल संख्या ८ पुग्नेछ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन LIVE