साढे आठ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण सहित १५ खर्ब ३२ अर्बको बजेट सार्वजनिक

0
Shares

सरकारले आगामी आर्थिक वर्षमा ८.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गर्दे आव २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट सार्वजनिक गरको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ८.५ प्रतिशत वृद्धिदर हासिल गर्ने र मुद्रास्फीति दर ६ प्रतिशतमा सीमित राख्ने दाबी गरे ।

आर्थिक तथा सामाजिक पूर्वाधारको निर्माण, पुनर्निर्माण र नव निर्माणका काम तीव्रगतिमा हुने विश्वास तथा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तारमा जोड दिएको बजेटको कुल आकार १५ खर्ब ३२ अर्ब ९६ करोड छ ।

सरकारले आागामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख पैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका छन् ।

कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड अर्थात ११ प्रतिशत रकम बिनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका स्रोतमध्ये राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड , वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख बेहोरिने भएको छ ।

प्रस्तुत बजेट ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख घाटा बनाइएको छ । घाटा बजेट वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड पूर्ति गरिने उल्लेख छ । भने १ खर्ब ९५ अर्ब पूर्ति गर्न आन्तरिक ऋणबाट बेहोरिनेछ ।

कृषि तथा वन व्यवसाय, निजी क्षेत्रमा औद्योगिक तथा व्यवसायिक लगानी विस्तार, पर्यटन, वित्तीय सेवामा पहुँच वृद्धि तथा सार्वजनिक निर्माण लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रमहरुको सञ्चालनबाट ५ लाख रोजगारी सिर्जना हुने अपेक्षा बजेटको छ ।

आगामी आर्थिक बर्षमा ८.५ प्रतिशत आार्थिक वृद्धिदर र ६ प्रतिशत मुद्रास्फीति रहने प्रक्षेपण गरिएको छ ।