इन्फिनिटी लघुवित्तको आइपिओ पाउन पनि भाग्यकै भर

0
Shares

इन्फिनिटी लघुवित्तको आइपिओमा आवेदन गरेका लगानीकर्ताले कम्पनीको शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आईपिओमा माग भन्दा एघार गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार देशभरबाट यो कम्पनीको आइपिओमा बिहीबार साँझसम्म ३ लाख ३० हजार १३० आवेदकले ६७ लाख १० हजार ८०० कित्ता शेयर खरीदको माग गर्दै आवेदन दिएका छन् ।

लघुवित्तले कुल ६ लाख ७४ हजार ३०० कित्ता आइपिओ निश्कासन गरेकोमा जसमध्ये ३३ हजार ७०० म्युचुअल फण्डका लागि र १० हजार ३७० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड हुनेछ ।

कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म आइपिओ बिक्रीमा राखेको थियो । आइपिओपछि कम्पनीको चुक्तापूँजी २० करोड ७० लाख  पुग्नेछ ।