युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३ करोड २९ लाख घट्यो

0
Shares

युनाइटेड इन्स्योरेन्स (UIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा ३ करोड २९ लाख रुपैयाँ नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चैत मसान्तसम्म कम्पनीले ४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकी गत आवको यसै अवधिमा कम्पनीले ७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यद्यपी यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन भने थोरै सुधारिएको छ। चालु आवको ९ महिनामा कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आवको यसै अवधिसम्ममा इन्स्योरेन्सले २३ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

इन्स्योरेन्सको पुर्नबीमा कमिशनबाट ६ करोड ६० लाख आर्जन गरेको छ। जुन गत आवको यसै अवधिको भन्दा ३ करोड ६६ लाख रुपैयाँ बढी हो।

चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ५.५३ रुपैयाँ छ। यस्तै प्रतिशेयर नेटवर्थ १४५.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.५६ गुणा छ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ४४ लाख रुपैयाँ, बीमा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४ हजार ५१० वटा बीमालेख नवीकरणबाट ५१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ६९ हजारभन्दा बढी बीमालेख जारी गरेको छ।

इन्योरेन्सले १ हजार ५९८ वटा दाबी वापत १६ करोड ५३ लाख भुक्तानी गर्दा २ हजार १२ वटा दाबी बापत परेको ४२ करोड ५९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ।