जापानमा नेपाली कामदार पठाउन सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी

0
Shares

काठमाडौं। सरकारले जापानमा नेपाली कामदार पठाउने साझेदारी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ।

सरकारले नेपाल र जापान सरकारबीच मेमोरेन्डम अफ कोअपरेसनमा हस्ताक्षर गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्को द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो। दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्रमन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो।

जापानले त्यहाँको संसदबाट कामदार भर्ना सम्बन्धी नयाँ कानुन पारित गरेको छ। उसले नेपाललाई कामदारको स्रोत देशको रुपमासमेत राखेको छ। चैत ४ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम सचिवलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।