सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क ९ करोडले खुम्चियो

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९ करोड २५ लाख रुपैयाँ बढीले खुद बीमाशुल्क आर्जन खुम्चिएको छ।

चैत मसान्तसम्ममा कम्पनीले ७४ करोड ३६ लाख १४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ जबकी गत आवको यसै अवधिमा उसले ८३ करोड ६१ लाख २५ हजार रुपैयाँ रहेको थियो।

बीमाशुल्क संकलन घटेपनि कम्पनीको खुद नाफा भने बढेको छ। चालु आवको ९ महिना अवधिमा सगरमाथाले २२ लाख १७ हजार रुपैयाँ धेरै १७ करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिमा कम्पनीले १७ करोड १९ लाख १३ हजार खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३.२९ रुपैयाँ रहेको छ। यस्तै प्रतिशेयर नेटवर्थ २०७.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.३१ गुणा कायम भएको छ।

यस्तै कम्पनीको जगेडा कोषको आकार लाभांश वितरणपछि ह्वात्तै घटेको छ। आव २०७४/७५ बाट ८६ प्रंतिशत बोनस बाँडेर पूँजी कायम गरेको यस कम्पनीको जगेडा कोष ६९ करोड ९८ लाखबाट घटेर ३४ करोड ४७ लाखमा सीमित भएको छ। समीक्षा अवधिमा ५०.७४ प्रतिशतले घटेको हो।

कम्पनीको ४८ करोड ८७ लाख रुपैयाँ रहेको बीमा कोष ६२ करोड १३ लाख रुपैयाँ र ८ करोड ५ लाखको महाविपत्ती कोष ११ करोड १६ लाख रुपैयाँमा बढोत्तरी भएको छ।

चालु आवको ९ महिनामा इन्स्योरेन्सले १ अर्ब ७० करोड ९७ लाख बढी कुल बीमाशुल्क संकलन गरेको छ। १ लाख १४ हजार २६६ बीमालेख जारी गरी गरेको यस कम्पनीम ३२ हजार २१४ वटा बीमालेख नवीकरण भएका छन्।

इन्स्योरेन्सले ४ हजार ९४६ संख्यामा परेको दाबी बापत ८० करोड भुक्तानी गर्दा अझै ३ हजार ६९६ संख्याबाट परेको ९६ करोड रुपैयाँ बराबरको दाबी बापतको भुक्तानी गर्न बाँकी रहेको छ।