इन्फिनिटी लघुवित्तको आईपिओ ६२ हजार ९९३ जनालाई बाँडफाँड, नोटबजारमा हेर्नुहोस् नतिजा

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बुधबार बाँडफाँड भएको छ । जसमा रितपूर्वक आवेदन दिएका आवेदकमध्ये गोलाप्रथाबाट ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन्।

आईपिओमा कूल आवेदकको १९.११ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका हुन्। बाँकी ८०.८९ प्रतिशत आवेदकको हात खाली भएको छ ।

नतिजा हेर्नका लागि नोटबजार डटकमको होमपेजमा रहेको आईपिओ रिजल्टमा जानुहोस् सो पश्चात आफ्नो १६ अंकको हितग्राही खाता नम्बर राखेर सर्च वटनमा गएर खोजी गरि तपाईलाई कति कित्ता आईपिओ पर्यो हेर्न सक्नुहुनेछ।

हाम्रो पोर्टलमा तपाईले कम्पनीका पिच्छे नाम छनौट गरि डिम्याट खाता नम्बर राख्नुपर्ने गर्नुपर्ने बाध्यता छैन । केबल एक पटक डिम्याट नम्बर राखेर तपाईले पछिल्लो समय आईपिओ निष्काशन गरेका कम्पनीहरुको आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।

यसरी खोजी पश्चात तपाईंले आफ्नो डिम्याट नम्बर, नाम, आवेदन गरिएको शेयर कित्ता, तपाईलाई शेयर परेको सम्बन्धित कम्पनी र आईपिओ नतिजा कम्पनीको विवरण देख्नुहुनेछ ।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये सर्वसाधारणमा निष्काशन गरिएको ६ लाख २९ हजार ९३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि ३३ हजार ७०० कित्ता र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको हो।

इन्फिनिटी लघुवित्तको आईपिओमा ११.०३ गुणा बढी ६९ लाख ४७ हजार १५० कित्ताको आवेदन परेको थियो। कूल ३ लाख २९ हजार ७०६ वटा आवेदनबाट सो माग परेको हो।

कूल आवेदनमध्ये ६२७ वटा आवेदनबाट परेको १७ हजार २४० कित्ताको माग रद्ध भएको छ भने ३ लाख २९ हजार ७९ वटा आवेदनबाट परेको ६९ लाख २९ हजार ९१० कित्ताको आवेदन सदर भएको थियो।

लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको थियो।