प्रुडेन्सियल इन्स्योरेन्सका शेयरधनीले साढे ३८ करोड थप लगानी गर्नुपर्ने !

0
Shares

चालु आर्थिक वर्षको अन्त्यसम्ममा बीमा समितिले तोकेको न्यूनत चुक्ता पूँजी एक अर्ब कायम गर्नुपर्ने बाध्यतामा रहेको प्रुडेन्सियल इन्स्योरेन्सले अन्तत शेयरधनीहरुलाई हकप्रद बेचेरै पूँजी जुटाउने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताब गरेर विशेष साधारण सभा आहवन गरेको छ । विशेष साधारण सभा आगामी असार १० गते बोलाइएको छ ।

चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको ६० प्रतिशत हकप्रद बिक्री पश्चात चुक्ता पूँजी एक अर्ब २ करोड नाघ्नेछ । कम्पनीका शेयरधनीहरुले करिब साढे ३८ करोड बराबर थप लगानी गर्नुपर्नेछ ।

साधारणसभा प्रयोजनका लागि असार २ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।