महानगरिय ट्राफिक प्रहरीले आजदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू हुने जनाएको छ ।
सोमबारदेखि पास भएका बाहेक सबै खाले सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको प्रहरीले जनाएको छ । गत बुधबार बसेको मन्त्रीपरिषद् बैठक मार्फत सरकारले निजी सवारी साधनलाई निश्चित मापदण्ड सहित जोर विजोर प्रणाली लागू गरेको थियो।
कस्ता सवारीमा जोर विजोर प्रणाली लागू हुने भन्ने प्रस्ट नहुँदा आइतबारसम्म २ पाङ्ग्रै सवारी साधनहरु निर्बाध सन्चालनमा आएका थिए ।
उता जिप्रका काठमाण्डौंले जोर विजोर प्रणाली लागू हुने भएपछि हिजो एक सूचना जारी गर्दै नयाँ पास समेत बन्द गरिसकेको छ।
प्रतिक्रिया