सनराइज बैंकले रद्द गर्यो सिर्जना फाइनान्ससँगको प्राप्ती सम्झौता

0
Shares

सनराइज बैंक (SRBL) ले सिर्जना फाइनान्सलाई प्राप्ती (एक्वायर) गर्ने सम्झौता रद्द गरेको छ।

बैंक सञ्चालक समितिको जेठ २९ गते बसेको ३४५ औं बैठकले बैंक र फाइनान्सबीच प्राप्ती गर्ने कार्य रद्द गर्ने निर्णय गरेको हो।

बैंक र फाइनान्सबीच २०७६ माघ ८ गते प्राप्ती गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। बैंकले सम्झौता रद्द गर्नुको कारण भने खुलाएको छैन।

प्रकाशित मिति: १ असार २०७७, सोमबार  १० : २५ बजे