सहायक वन अधिकृत घुससहित पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ।
दाङमा सहायक वन अधिकृत २० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

साहलाई लमहीको एक जुस पसलबाट घुस रकम सहित पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।