सोमबार हालसम्मकै धेरैमा कोरोना पुष्टि, कुल संख्या ६ हजार २ सय नाघ्यो

0
Shares

पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६७ जना कोभिडका सङ्क्रमित डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म एक हजार ४१ जना डिस्चार्ज भएका छन्। जसमध्ये महिला १०४ जना र पुरुष ९३७ जना रहेका छन् ।

प्रकाशित मिति: १ असार २०७७, सोमबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।