नाडेप लघुवित्तको साधारण सभा आह्वान, मर्जर वा एक्वीजिशन र लाभांश मुख्य प्रस्ताव

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्थाले मर्जर वा एक्विजिसनमा जाने प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्त कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले वैशाख २६ गते बिहान ११ बजे नौबिसे एग्रो रिसोर्ट, धादिङ्गमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा लघुवित्तले गाभ्ने÷गाभिने वा एक्विजिसन (प्राप्ती) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा समझदारी पत्रमा हस्ताक्षर गर्न, सम्पति दायित्व तथा कारोबार मूल्यांकन कर्ताको नियुक्त गर्न लगायत सम्पुर्ण प्रकृया पुर्याउन संचालक समितिलार्य अख्तियारी प्रदान गर्ने तयारी गरेको छ।

यस्तै सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप संस्थाको चुक्ता पूँजी १६ करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्काशनपछि कायम ३२ करोड रुपैयाँ चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ४ करोड ८० लाख बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्नेछ ।

उक्त बोनस शेयरका लागि हकप्रद शेयर अघिको चुक्ता पूँजी १६ करोड रुपैयाँको १.५८ प्रतिशत अर्थात २५ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गर्दैछ ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख ९ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसअनुसार वैशाख ८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।