सनराइज बैंकका थप दुई शाखारहित बैंकिङ सेवा

0
Shares

सनराइज बैंक लिमिटेडले बैङ्किङ सेवा नपुगेका विभिन्न स्थानमा बैङ्किङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ थप दुई शाखारहित बैङ्किङ सेवा शुरू गरेको छ ।

बैंकले ३४ औँ शाखारहित बैङ्किङ सेवा तनहुँको व्यास नगरपालिका–९, गजौडे र ३५ औँ शाखारहित बैङ्किङ सेवा उदयपुरको त्रियुगा नगरपालिका–६, जलजले बजारमा शुरवात गरेको जनाएको छ ।

यो सँगै बैंकको कुल शाखारहित बैङ्किङ सेवा सङ्ख्या ३५ पुगेको छ । बैङ्किङ सेवा नपुगेका क्षेत्रका जनतालाई बैङ्किङ सेवाको पहुँच शाखारहित बैङ्किङ सेवामार्फत उपलब्ध गराउँदै जाने बैंकले लक्ष्य लिएको छ ।