शिखर इन्स्योरेन्स कम्पनी (SICL) ले यहि असार १४ गते आइतबारदेखि चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ।
इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इस्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
निर्जिवन बीमा क्षेत्रमा नम्बर एक बन्ने दौडमा शिखर इन्स्योरेन्स
इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत २०७७ साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन्
हाल १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।
प्रतिक्रिया