नेपालमै पहिलो पटक ‘डाटा सेन्टर समिट’ असार १२ मा आयोजना हुँदै

0
Shares

नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ‘डाटा सेन्टर समिट’ हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी असार १२ (२७ जुन) मा सोल्टी क्राउन प्लाजामा डाटा सेन्टर समिट जानकारी दिएको हो ।

डाटा सेन्टरको उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित प्राविधिक समूह एवं व्यक्तिहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको समिटमा विश्वका ख्यातीप्राप्त डाटा सेन्टरका वक्ताहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिने छन् भने सहभागीहरुबीच बृहत् अन्तक्र्रिया गरिने छ ।

नेपालको डाटा नेपालमै राख्नुपर्छ भन्ने कानून आउँदै गरेका अवस्थामा हुन लागेको समिटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सन्दर्भमा यस उद्योगमा रहेका अवसर र सम्भावनाबारे पनि समिटमा छलफल हुने छ ।

यो समिटको मुख्य उद्धेश्य नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन सहयोग गर्नु रहेको छ ।