एलआईसी नेपालको खुद बीमा शुल्क नौं अर्ब


लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ८ अर्ब ७९ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो एक अर्ब ८३ करोड ६९ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ६ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट दुई अर्ब ९० करोड ३७ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत ९३ लाख ३५ हजार र बीमालेख धितोमा ८ अर्ब करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेर ६० करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ ।


यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ७.३७ प्रतिशतले सुधार भएको छ । इन्स्योरेन्सले यस अवधिमा १० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको तेस्रो त्रैमासमा ९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी एक अर्ब ४९ करोड ४८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५८ करोड ३५ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५१ अर्ब ४८ करोड ८४ लाख रुपैयाँ र महा बिपत्ती कोषमा १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।

कुल ८ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सको ७ लाख १० हजार ८७२ बीमालेख कायम छ ।
यस अवधि सम्ममा इन्स्योरेन्सले ११ हजार ४१७ वटा दाबी वापत २ अर्ब २४ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

न्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३७.१२ गुणा बढी छ ।

प्रकाशित मिति: २२ वैशाख २०७६, आइतबार  ११ : ४२ बजे