जीवन विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विरण प्रकाशन गरेको छ । नेप्सेमा सूचीकृत नरहेको यस त्रैमाससम्ममा लघुवित्तले चालु आवको ९ महिना अवधिमा तीन करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा तीन करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।
चैत मसान्तसम्ममा लघुवित्तले चार अर्ब ४९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब ७७ करोड ७० लाख रुपैयाँ अरु बैंक तथा वित्तिय संस्थामार्फ ऋण लिएर ८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ कर्जा परिालन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ८ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत छ । लघुवित्तको केन्द्रीय कार्यालय कटारी मोरङ्गमा रहेको छ ।
प्रतिक्रिया