नेपाल स्टक एक्सचेन्जमा भोलि सोमबारदेखि स्पर्श लघुवित्तको शेयर किनबेच गर्न पाइने भएको छ । लघुवित्तले आइतबार नेप्सेमा शेयर सूचीकृत गराएको छ । यस्तै हिमालयन बैंक लगायत चार कम्पनीको बोनस समेत थपिएको छ ।
लघुवित्तले आइतबार नेप्सेमा आठ लाख २९ हजार ६३० कित्ता शेयर सूचीकृत गराएका हो ।संस्थाले गत फागुन २६ देखि साधारण शेयर निष्कासन गरेको थियो। सर्वसाधरणका लागि संस्थाले दुई लाख ६९ हजार कित्ता शेयर निष्कासन गरेको थियो। लगानीकर्ताले सूचीकृत शेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ।
आइतबार नेप्सेमा हिमालयन बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक र सोल्टी होटलले बोनससूचीकृत गराएका हुन् । अब लगानीकर्ताले दोस्रो बजारमार्फत यो शेयर कारोबार गर्न पाउनेछन् ।
हिमालयनको ४० लाख ५७ हजार २६५, सोल्टीको ६६ लाख ६१ हजार १६३, मिसन डेभलपमेन्टको ५ लाख ७१ हजार २०८ र साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४२४ कित्ता रहेको नेप्सेले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीहरुले सेयरधनीलाई वितरण गरेको बोनस सेयर सुचिकृत भएको हो । कम्पनीहरुले पुँजी बढाउन सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् ।
प्रतिक्रिया